मेस्सीलाई गम्भीर झड्का, अर्जेन्टिना पहिलो खेलमै पराजित
२०७६ असार १ गते

एजेन्सी । अर्जेन्टिना कोपा अमेरिका २०१९ को आफ्नो पहिलो खेलमै पराजित भएको छ । ब्राजिलमा हिजोबाट सुरु भएको प्रतियोगितामा उपाधि दाबेदार मध्ये एक टोली अर्जेन्टिना समूह बी को खेलमा कोलम्बियासँग पराजित भएको हो ।
एरेना फोन्टेमा भएको खेलमा कोलम्बिया लिओनल मेसीको अर्जेन्टिनालाई २-० ले पराजित गरेको हो । ७० मिनेटसम्म गोलरहित बराबरी खेलिरहेको कोलम्बयाले अन्तिम २० मिनेटमा दुई गोल गरेको हो । ७१ औँ मिनेटमा रोजर मार्टिनजेले गोल गर्दै कोलम्बियालाई अग्रता दिलाएका थिए ।
null
अर्जेन्टिना बराबरी गोल फर्काउन संघर्ष गरिरहेको बेला कोलम्बियाका लागि ८६ औं मिनेटमा डुभान जापाट्टाले दोस्रो गोल गरेका हुन । यस्तै त्यसअघि भएको समूह ए को खेलमा भेनेजुएला र पेरुले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । उद्घाटन खेलमा ब्राजिलले बोलिभियालाई ३-० ले पराजित गरेको थियो ।
२०७६ असार १ गते
प्रतिक्रिया
सम्बन्धित








