कोरोना लकडाउनबाट पिडित परिवारलाई गोल्डेनगेटको राहत

चैत्र २८, काठमाडौं । कोरोना भाइरस (कोभिड- १९) का कारण कठिनाइमा परेका दैनिक मजदुरी गरी गुजारा चलाउदै आएका मजदुर, गरिब र विपन्न परिवारलाई गोल्डेन गेट इन्टरनेशनल कलेजले राहत वितरण गरेको छ । राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का सदस्य–सचिव रमेशकुमार सिलवाल प्रमुख कार्यकारी अधिकृत रहेको शैक्षिक संस्था गोल्डेनगेट इन्टरनेसनल कलेजले शुक्रबार कोरोना लकडाउनबाट पिडित परिवारलाइ राहत सामग्री वितरण गरेको हो। 

गोल्डेनगेटसहित हिसान र त्रिकुति कोलोनीको सहयोगमा काठमाडौं महानगरपालिका वडा ९ का ५ सय ५० परिवारलाई राहत सामाग्री वितरण गरिएको थियो । त्यसमा ४ सय खाद्य राहत सामग्री गोल्डेनगेटले उपलब्ध गराएको हो । सदस्य–सचिव सिलवाल हिसानका अध्यक्ष पनि हुन् । 

वडा ९ कार्यालयको सम्वन्मयमा बत्तीसपुतलीस्थित गोल्डेनगेटमै सदस्य–सचिव सिलवाल, वडा अध्यक्ष रामकृष्ण श्रेष्ठलगायतले लक्षित वर्गलाई राहत सामाग्री वितरण गरेका छन् । वितरण गरिएका राहत सामग्रीमा चामल, चिउरा, नुन, तेल, दाल, मसेउरा र मन्जन रहेका छन् । 

सदस्य–सिलवालले वर्तमान अवस्थामा सक्नेहरुले कठिनाइमा परेकालाई आ–आफ्नो तर्फबाट सक्दो सहयोग गर्न आग्रह गरे । वडा अध्यक्ष श्रेष्ठले योसहित चार चरणमा राहत वितरण गरिएको जानकारी दिदै हालसम्म १ हजार ७ सय १५ परिवारलाई राहत वितरण गरिसकेको बताए । उनले वडा आफैले ४ सय ८५ परिवारलाई राहत वितरण गरेको र बाँकी विभिन्न संघ, संस्था र शुभचिन्तकको सहयोगमा राहत वितरण गरेको जानकारी दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 2 =