नुहाउने क्रममा नदीले बगाउँदा किशोरीको मृत्यु

फाेटाे फाइल 

असाेज २८, प्युठान ।  प्यूठानको झिमरुक नदीले बगाउँदा एक किशोरीको मृत्यु भएको छ । प्यूठान नगरपालिका– ७ टिकुरी बसपार्क नजिक झिमरुक नदीमा नुहाउने क्रममा आज दिउँसो प्यूठान नगरपालिका– ८ दम्ती निवासी बाबुराम केसीको १८ वर्षीय छोरी सरिता केसीको मृत्यु भएको हो । 

केसी नुहाउने क्रममा नदीले बगाएर १०० मिटर तल पुर्याएको अवस्थामा स्थानीयले उद्धार गरी प्यूठान अस्पताल पुर्याएका थिए । उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए । रासस    

Image result for नदीले बगाउँदा किशोरीको मृत्यु

  

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *