बेन्जिामाले दुई गोल गरेपछि १० खेलाडीमा सीमित रियल मड्रिडको शानदार जित

एजेन्सी । च्याम्पियन्स लिग फुटबलबाट अप्रत्यासित रुपमा बाहिरिएको रियल मड्रिडले स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा प्रभावशाली जित निकालेको छ । लिग अन्तर्गत अवे मैदानमा भएको खेलमा रियल मड्रिडले रियल भालाडोलिडलाई ४–१ गोल अन्तरले हराएको हो । 

रियलका लागि करिम बेन्जिामाले दुई तथा राफाएल भाराने र लुका मोड्रिकले एक एक गोल गरे । त्यस्तै, रियल भालाडोलिडका लागि मोहमेदले गरेको गोल सान्तोना मात्र रह्यो । खेलको २९ औँ मिनेटमा मोहमेदको गोलबाट भालाडोलिडले सुरुवाति अग्रता लिएको थियो । ३४ औँ मिनेटमा राफाएल भारानेले गोल गर्दै रियल मड्रिडलाई खेलमा फर्काए । 

 

null

खेलको ५१ औँ मिनेटमा पाएको पेनाल्टीमा बेन्जिमाले गोल गरेपछि रियल मड्रिडले अग्रता लियो । त्यस्तै, बेन्जिमाले खेलको ५९ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता ३–१ बनाए । ८० औँ मिनेटमा कासेमिरो दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि रियल मड्रिड १० खेलाडीमा सीमित भयो । त्यसको पाँच मिनेटपछि मोड्रिकले गोल गर्दै टिमको अग्रता ४–१ को बनाएका थिए । 

सान्टियागो सोलारीको टिम रियल मड्रिडले पछिल्ला ६ खेलमा दोस्रो जित दर्ता गरेको हो । तेस्रो स्थानमा रहेको रियल शीर्षस्थानको बार्सिलोना भन्दा १२ अंकले पछि छ । जितपछि रियलको २७ खेलबाट ५१ अंक भएको छ, बार्सिलोनाको ६३ अंक छ । दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडको ५६ अंक छ । 

सोलारीको टिम रियल मड्रिड गएको मंगलबार भएको अन्तिम १६ अन्तर्गतको दोस्रो लेगमा अजाक्ससँग ४–१ ले पराजित हुँदै च्याम्पियन्स लिग फुटबलबाट बाहिरिएको थियो । पछिल्लो तीन सिजन लगातार उपाधि विजेता बनेको रियल मड्रिड पछिल्लो २२ वर्षमा पहिलोपटक अन्तिम १६ बाटै बाहिरिएको हो । 

यसले प्रशिक्षक सोलारीमाथि दबाब बढेको छ र आइतबार रातिको जितले पनि उनको भविष्य रियल मड्रिडमा निश्चित छैन । ला लिगा अन्तर्गत आइतबार राति नै भएका अरु खेलमा रियल बेटिसले सेल्टा डी भिगोलाई १–०, भ्यालेन्सियाले जिरोनालाई ३–२, भिल्लारियलले लेभान्टेलाई २–० तथा सेभिल्लाले रियल सोसिडाडलाई ५–२ ले हराएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 − one =