म्याग्दी र बागलुङको सीमानामा कडाइ, सीमापार गर्नेलाई ५ हजार जरिवाना

चैत्र २७, बागलुङ । बाग्लुङमा सीमा पार गर्नेलाई पाँच हजार जरिवाना गरिने भएको छ । कोराना भाइरसको जोखिम न्यूनीकरण गर्न म्याग्दी र बागलुङको सीमानामा कडाइ गर्दै जरिवाना गरिने भएको हो ।
सिमानामा पर्ने म्याग्दीको मङ्गला गाउँपालिका–५ का वडाध्यक्ष भुपेन्द्र खत्री र बागलुङको ताराखोला गाउँपालिका–४ का वडाध्यक्ष जीतबहादुर खत्रीलगायत स्थानीय जनप्रतिनिधिहरुको संयुक्त बैठकले यो निर्णय गरेको हो ।
साथै बैठकमा मङ्गला र ताराखोला गाउँपालिकाले दुई वटै स्थानीय तह जोड्ने देउरालीको सिमाना आवतजावत गर्नेलाई जरिवानासँगै १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने पनि निर्णय भएको वडाअध्यक्ष खत्रीले जानकारी दिए ।

बागलुङ तर्फबाट विभिन्न नाकाबाट पैदल यात्रामार्फत म्याग्दी प्रवेश भइरहेको गुनासोपछि अनुगमन र निगरानी थालिएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिए ।








