अर्थमन्त्री खतिवडाद्वारा राजीनामा

फागुन २०, काठमाडौं । डा. युवराज खतिवडाले अर्थमन्त्री पदबाट राजीनामा दिएका छन् ।
राष्ट्रियसभा सदस्यको दुई वर्षे कार्यकाल मंगलबार सकिनै लाग्दा डा. खतिवडाले पदबाट राजीनामा दिएका हुन् ।
उनको राजीनामा राष्ट्रपति कार्यालय पुगिसकेको छ ।
null
उनले आज राजीनामा दिएपनि उनको पुनः बबु्धबार नियुक्ति हुँदैछ । प्रधानमन्त्री कार्यालय श्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले खतिवडालाई संविधानको धारा ७८ अनुसार पुनः अर्थमन्त्रीमा नियुक्त गर्नेछन् ।
तर, सांसद नभएको व्यक्ति ६ महिनासम्म मन्त्री हुन पाउने संवैधानिक व्यवस्थाअनुसार उनलाई राजीनामा लगत्तै प्रधानमन्त्री केपी ओलीले मन्त्रीमा पुनर्नियुक्त गर्न लागेका हुन्।
प्रधानमन्त्री ओलीले डा. खतिवडालाई पुनः राष्ट्रियसभामा मनोनित गर्न चाहेका थिए तर नेकपा सचिवालय बैठकले राष्ट्रियसभामा नेकपाका उपाध्यक्ष बामदेव गौतमलाई लैजाने निर्णय गरेपनछि उनलाई पुनः अर्थमन्त्रीमा ल्याउन लागेका हुन् ।








