रामेछापमा पनि वाम गठबन्धनको क्लिन स्वीप
२०७४ जेठ १५ गते

“
मंसिर २४, रामेछाप । रामेछापमा वाम गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार श्यामकुमार श्रेष्ठ विजयी भएका छन्। उनी ४२ हजार ११७ मत ल्याई प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका पूर्णबहादुर तामाङले ३५ हजार ७७१ मत ल्याए। श्रेष्ठ र तामाङको मत अन्तर ६ हजार ३४६ छ। प्रदेशसभा ‘क’ मा एमालेकी शान्ति पौडेल २२ हजार ३६९ मतसहित विजयी भएकी छिन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवाररत्न कार्कीले १६ हजार ५८ मत पाएका छन्।
प्रदेशसभा ‘ख’मा एमालेका कैलाश ढुंगेल विजयी भएका छन्। उनले २६ हजार ९३५ मत ल्याए। उनका प्रतिस्पर्धी कांग्रेसका जितबहादुर मगर १४ हजार ७२९ मत प्राप्त गरेका छन्।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








