नोबेलद्वारा एकै दिन दुई ठाउँमा निःशुल्क मधुमेह परीक्षण शिविर

मोरङ, २८ कात्तिक । विश्व मधुमेह दिवसको अवसर पारेर बिहीबार बिराटनगर स्थित नोबेल शिक्षण अस्पतालले दुई स्थानमा निःशुल्क मधुमेह परीक्षण एवं परामर्श शिविर गरेको छ । मोरङको बेलवारी र नोबेल अस्पताल परिसरमा निःशुल्क मधुमेह परीक्षण शिविर गरिएको हो । 

बेलवारी–१ स्थित जेष्ठ नागरिक समाजको भवनमा गरिएको शिविरमा १ सय ५० जनाको मधुमेह परिक्षण गरिएको छ । जसमध्ये करिव ७० जनामा मधुमेह रोग भेटिएको शिविरमा खटिएका डा.हिमलाल भण्डारीले जानकारी दिए ।  

नोबेलका इण्डोक्राईनोलोजिष्ट डा.प्रताप रोय नेतृत्वको चिकित्सकहरुको टोलीले बिरामीको स्वास्थ्य परीक्षण गरेको हो । शिविरमा परीक्षणका लागि आएकाहरुलाई नोबेल मेडिकल कलेजका बिएसी नर्सिङ अध्ययनरत बिद्यार्थीहरुले श्रव्यदृष्य सहित मधुमेह रोगको बारेमा जानकारी गराएका थिए । 

यता, नोबेल शिक्षण अस्पताल र इन्टास फर्मासूटिकलको संयुक्त आयोजनमा नोबेल शिक्षण अस्पताल परिसरमा तीन दिने निःशुल्क मधुमेह परीक्षण शिविर भईरहेको छ । बुधबारबाट सुरु भएको शिविर शुक्रबारसम्म चल्नेछ । शिविरमा बुधबार १ सय ७२ र बिहिबार १ सय १८ जनाको मधुमेह परीक्षण गरिएको इन्टास फर्मासूटिकलका एरिया बिजनेस मेनेजर पंकज जैसवालले जानकारी दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =