मुलुकभर शान्तिपूर्ण रुपमा मतगणना भइरहेको छ, आयुक्त पौडेल
२०७४ जेठ १५ गते

“
काठमाडौं,मंसिर २२। निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले मुलुकभर शान्तिपूर्ण रूपमा मतगणना भइरहेको बताएका छन् ।
मतगणनाको अवलोकनका लागि राष्ट्रिय सभागृह पुग्नुभएका आयुक्त पौडेलले सञ्चारकर्मीसँग कुरा गर्दै निर्वाचन मतगणना देशरभर नै शान्तिपूर्ण रूपमा भइरहेको बताएका छन् । “तारको जाली बाहिर दलका प्रतिनिधि, जालीभित्र मतगणना गर्ने व्यक्ति राखेर मतगणना धमाधम भइरहेको छ,”।
आयुक्त पौडेलले मुलुकभर चार दिनभित्र प्रतिनिधिसभा र आठ दिनभित्र समानुपातिकतर्फको मतपरिणाम आउने गरी काम भइरहेको स्पष्ट पारे। “मतगणनामा ढिला भयो भने विशेष व्यवस्था गर्नेछौँ,” ।
राष्ट्रिय सभागृहमा अहिले काठमाडौँ क्षेत्र नं १, २, ३ र ४ को मतगणना भइरहेको छ । प्रत्येक क्षेत्रको दुई÷दुई स्थानमा मतगणना भइरहेको निर्वाचन आयोगले जनाएको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








