चितवनमा र्यापिड टेस्ट गर्दा एकजनामा कोरोना पोजेटिभ

वैशाख ३, चितवन । देशका विभिन्न जिल्लामा कोरोना संक्रमितको संख्या बृद्धि हुँदै  गरेको बेला चितवनमा समेत एकजनामा कोरोना पोजेटिभ देखिएको छ । 

चितवनको रत्ननगरमा गरिएको र्यापिड टेस्टमा एकजनामा कोरोना पोजेटिभ देखिएको हो । उनको थप परिक्षणको लागि स्वाब संकलन गरेर परिक्षणको लागि भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा पठाइएको गुञ्जमान अस्पताल स्रोतले जनाएको छ ।  

३२ बर्षिय युवा फागुन ३० गते कोरियाबाट नेपाल आएका बुझिएको छ । रत्ननगरका ३९ जनामा आज र्यापिड टेष्ट गर्दा ३८ जनाको कोरोना नेगेटिभ आएको र एकजनाको पोजेटिभ आएको थियो । कोरोना पोजेटिभ देखिना साथ उनलाई आइसोलेनमा राखिएको छ । 

नेपालमा १४ पुगे कोरोना संक्रमित, १९ ...

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 12 =