चितवनमा र्यापिड टेस्ट गर्दा एकजनामा कोरोना पोजेटिभ
२०७७ वैशाख ३ गते

वैशाख ३, चितवन । देशका विभिन्न जिल्लामा कोरोना संक्रमितको संख्या बृद्धि हुँदै गरेको बेला चितवनमा समेत एकजनामा कोरोना पोजेटिभ देखिएको छ ।
चितवनको रत्ननगरमा गरिएको र्यापिड टेस्टमा एकजनामा कोरोना पोजेटिभ देखिएको हो । उनको थप परिक्षणको लागि स्वाब संकलन गरेर परिक्षणको लागि भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा पठाइएको गुञ्जमान अस्पताल स्रोतले जनाएको छ ।
३२ बर्षिय युवा फागुन ३० गते कोरियाबाट नेपाल आएका बुझिएको छ । रत्ननगरका ३९ जनामा आज र्यापिड टेष्ट गर्दा ३८ जनाको कोरोना नेगेटिभ आएको र एकजनाको पोजेटिभ आएको थियो । कोरोना पोजेटिभ देखिना साथ उनलाई आइसोलेनमा राखिएको छ ।

२०७७ वैशाख ३ गते
प्रतिक्रिया
सम्बन्धित










