क्याथरिन बलात्कार प्रकरणः प्रहरीले माग्यो रोनाल्डोको डिएनए नमूना

 

पुस २७, काठमाडौँ । विश्वकै उत्कृष्ट फुटबलर क्रिस्टियानो रोनाल्डो यतिबेला उनीमाथि लागेको बलात्कार आरोपले चर्चामा छन् । 

अमेरिकाको प्राथमिक विद्यालयकी शिक्षिका क्याथरिन मायार्गालाई बलात्कार गरेको आरोप छ उनीमाथि । आफूमाथि लागेको बलात्कारको आरोप अस्विकार गर्दै आएका रोनाल्डोको डिएनए परिक्षण हुने भएको छ । 

null

घटनाको अनुसन्धानका लागि प्रहरीले रोनाल्डोलाई डिएनए नमूना प्रदान गर्न वारेन्ट जारी गरेको छ । अमेरिकी प्रहरीले रोनाल्डो विरुद्ध इटालीको अदालतमार्फत वारेन्ट जारी गरेको हो। डिएनए परिक्षण पश्चात् उनी दाषी हुन् या होइनन् भन्ने प्रमाणित हुनेछ । 

हाल रोनाल्डो इटालीको प्रतिष्ठित क्लब यूभेन्ट्सबाट व्यवसायिक फुटबल खेलिरहेका छन्। 

गत वर्षको अक्टोबरमा जर्मन म्यागेजिन डेर स्पाइगलले सन् २००९ मा क्याथरिन मोयार्गामाथि रोनाल्डोले अमेरिकी शहर लास भेगसमा बलात्कार गरेको भन्दै एक प्रतिवेदन नै सार्वजनिक गरेको थियो। 

 

क्याथरिनले सन् २००९ मा लास भेगसको नाइट क्लबमा रोनाल्डोले आफूलाई बलात्कार गरेको आरोप लगाउँदै आइरहेकी छिन् । उनले बलात्कार सार्वजनिक नगर्ने सर्तमा रोनाल्डोले पैसा दिएको बताएकी थिइन् । 

३४ वर्षिया क्याथरिनले आफूमाथि भएको बलात्कारको घटना रोनाल्डोले पैसा दिएर साम्य बनाउन खोजेको स्पष्ट पार्दै रोनाल्डो कुनै साधारण मानिस उनीसँग विश्वका कुना कुनामा पनि समर्थक भएको बताएकी थिइन् । 

स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोका पूर्व प्रेमीका मोडल जास्मिन लेनार्डले पनि उनलाई मानसिक रोगी र झुठा व्यक्ति भएको आरोप लगाएकी थिइन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 12 =