पैनीमा डुबेर एक महिलाको मृत्यु

पुस २५, उर्लाबारी । मोरङको सुन्दरहरैंचा नगरपालिका–६ की ५३ वर्षीया जीतमाया लिम्बूको पैनीमा डुबेर मृत्यु भएको छ । मादक पदार्थ सेवन गरेर घर नजिकैको पैनीमा लडेकी लिम्बूको डुबेर मृत्यु भएको हो । 

पैनीमा लडेपछि उठ्न नसकेकी लिम्बूको पानीमा डुबेर मृत्यु भएको अवस्थामा आज बिहान शव फेला परेको प्रहरीचौकी गछियाले जनाएको छ । 

मादक पदार्थ सेवन गरेर मङ्गलबार साँझ घर फर्कदै गर्दा लडेर पानी बगिरहेको पैनीमा खसेको प्रहरी नायब निरीक्षक रामकाजी कटवालले बताए । शव परीक्षणका लागि उर्लाबारी स्थित मङ्गलबारे अस्पतालमा राखिएको छ ।  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − six =