झापामा जुवा खालबाट प्रधानाध्यापकसहित ८ जना पक्राउ
मकालु खबर
२०७६ फागुन ९ गते
फागुन ९, झापा । प्रहरीले झापामा जुवा खालबाट प्रधानाध्यापकसहित ८ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले स्थानियले दिएको सूचनाको आधारमा गएराती जुवा खेली रहेको अवस्थामा गौरादाह नगरपालिका–९ स्थित दिनेश पोखरेलेको घरबाट प्रधानाध्यापकसहित ८ जनालाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार गौरादह नगरपालिकामा अवस्थित अमर माध्यमिक विद्यालयका प्रधानाध्यापक गोपाल पोखरेलसहित ज्ञानेन्द्र ढकाल, जयप्रसाद गौतम, रामबहादुर ढुङ्गाना, महेश निरौला, रोहित बस्नेत, नेत्र पोखरेल र गोपाल ढकाललाई पक्राउ गरिएको छ ।
उनीहरुको साथबाट नगद ९१ हजार ३ सय ८० रुपैयाँ र सातवटा मोवाइल फोन समेत फेला पारिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका ८ जनालाई नै हाल अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ । प्रहरीका अनुसार उनीहरुमाथी जुवा ऐन अन्तर्गत कारवाही हुनेछ ।
मकालु खबर
२०७६ फागुन ९ गते
प्रतिक्रिया
सम्बन्धित