आज इएल क्लासिकोः बार्सिलोनासँग बदला लिने रियलको दाउ

काठमाडौं, फागुन १८ । स्पेनिस ला लिगा फुटबलमा आज सिजनको दोस्रो इएल क्लासिको भिडन्त हुँदैछ । यो सिजन सबैखाले प्रतियोगिता गरेर तीन इएल क्लासिको भइसकेका छन् । आज हुन लागेको भिडन्त घरेलु लिगमा दोस्रो तथा यो सिजन समग्रमा तेस्रो हो । 

स्पेनका दुई ठूला र चीर प्रतिद्वन्द्वी क्लब बार्सिलोना र रियल मड्रिड खेल्ने यो खेल विश्वकै सर्वाधिक चर्चित र धेरै हेरिने क्लब फुटबल प्रतियोगितामा पर्छ । 

बार्सिलोना र रियलबीच ला लिगाअन्तर्गत पहिलो खेल गत अक्टोबर २८ मा भएको थियो । बार्सिलोनाको घरेलु मैदानमा भएको सो खेलमा बार्सिलोनाले पाहुन टोली रियललाई ५–१ को नमिठो हार चखाएको थियो । 

null

 

त्यसपछि लिगमा आज दोस्रोपटक यी दुई टोली भिड्न लागेका हुन् । यो खेल रियल मड्रिडको घरेलु मैदान सान्टियागो बेर्नाबेउमा हुँदैछ । 

यसबाहेक यो सिजन कोपा डेल रे फुटबलमा अन्तिम चारमा पनि रियल र बार्सिलोना खेलिसकेका छन् । सेमिफाइनलमा रियल र बार्सिलोना भिड्दा दुईमध्ये एक लेग बार्सिलोनाले जित्यो भने एक लेग बराबरीमा सकियो । 

जहाँ बार्सिलोनाको घरेलु मैदानमा भएको पहिलो लेग १–१ को बराबरीमा सकियो भने रियलको घरेलु मैदानमा भएको दोस्रो लेगमा बार्सिलोनाले ०–३ ले बाजी मारेको थियो । 

यसरी हेर्दा यो सिजन भएका तीन भिडन्तमा बार्सिलोना रियलमाथि ज्यादै हाबी भएको छ । बार्सिलोनाले दुई खेलमा शानदार जित निकाल्दा रियलले लज्जास्पद हार व्यहोरेको छ । 

रियललाई एकैपटक बदला लिने मौका १ 

ला लिगाको दोेस्रो इएल क्लासिको आज राति रियलको घरेलु मैदानमा हुँदैछ । आज रियललाई बार्सिलोनासँग यसअघि आफ्नै घरमा भोगेका दुई लज्जास्पद हारको बदला लिने मौका छ । 

३ दिनअघि कोपाको दोस्रो लेगमा रियलकै घरेलु मैदानमा भएको खेलमा रियलले बार्सिलोनाविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको थियो । तर, एक पेनाल्टी गोल र एक आत्मघाती गोलसहित बार्सिलोनाले नतिजा ०–३ ले आफ्नो पक्षमा पार्दा रियल स्तब्ध बन्यो । 

तर, पछिल्लो समय प्रदर्शनका हिसाबले राम्रो अवस्थमा रहेको रियल आज घरेलु मैदानमा पाहुना टोली बार्सिलोनाविरुद्ध उत्रिँदा ऊ बार्सिलोनालाई निराश बनाएर यो सिजन भोगेकासबै हारको बदला एकैपटक लिने दाउमा छ । 

हाल अंक तालिकामा बार्सिलोना २५ खेलपछि ५७ अंकका साथ शीर्ष स्थानमा रहको छ । बार्सिलोना दोस्रो स्थानको एथ्लेटिको मड्रिडभन्दा ७ र तेसो स्थानको रियल मड्रिडभन्दा ९ अंकले अघि रहेको छ । आजको खेल जिते बार्सिलोनाले रियलसँग अंक दूरी १२ बनाउने छ भने रियल विजयी भए अंक दूरी ६ मा झर्नेछ । 

खेल नेपाली समयअनुसार आज राति ९आइतबार बिहानीपख० १ः३० बजेबाट रियलको घरेलु मैदान सान्टियागो बेर्नाबेउमा हुनेछ । यो खेल ला लिगाको अफिसियस फेसबुक पेज तथा सोनी नेटवर्कका च्यानलबाट लाइभ हेर्न सकिनेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 5 =