म्यानचेस्टर युनाइटेड आर्सनलसँग पराजित, अर्को खेलमा लिभरपुल विजयी

एजेन्सी । इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ । पूर्व खेलाडी ओले गुना सोल्सायरले प्रशिक्षण समालेपछि म्यान्चेस्टर युनाईटेडको यो पहिलो लिग हार हो । गएराति भएको खेलमा आर्सनलले म्यान्चेस्टर युनाईटेडलाई २–० ले पराजित गरेको हो । 

आर्सनलको घरेलु मैदानमा भएको खेलमा ग्रानिट झाका र अलेक्जेण्डर लाकाजेट्ले एक एक गोल गर्दै टोलीलाई विजयी गराए । प्रिमियर लिग फुटबलको अर्को खेलमा लिभरपुलले बर्न्लेलाई ४–२ ले हराएको छ । लिभरपुलको जितमा रोबर्टो फर्मिनो र सादियो मानेको दुई दुई गोल गरे । 

 

null

त्यस्तै, गएराति भएको अर्को खेलमा चेल्सीले वुल्भरह्याम्पटन वान्डरर्ससँग १–१ गोलको बराबरी खेलेको छ । वुल्भरह्याम्पटनका राउल जिमिनेजले पहिलो गोल गरेको खेलमा चेल्सीका एडिन हाजार्डले ईन्जुरी समयमा एक गोल फर्काउँदै टोलीलाई हारबाट जोगाएका थिए । 

गए रातिका खेलपछि प्रिमियर लिग फुटबलको अंक तालिकामा ३० खेलबाट ७४ अंक जोडेको म्यान्चेस्टर सिटी शीर्ष स्थानमा छ । ७३ अंकका साथ लिभरपुल दोस्रो स्थानमा रहँदा तेस्रो स्थानको टोटनह्यामको ६१ अंक छ । 

 

६० अंकसहित आर्सनल चौथो स्थानमा उक्लिँदा ५८ अंक जोडेको म्यान्चेस्टर युनाईटेड पाँचौ स्थानमा छ । एक खेल कम खेलेको चेल्सी भने ५७ अंकसहित छैटौं स्थानमा रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + twenty =