सातै प्रदेशका टिपिकल खाना एकै ठाउँमा

भाद्र ३०, काठमाडाैँ ।  आईआईएमएस कलेजले दसैं कार्निभल तथा नेपालफुड फेस्टिभलको आयोजना गरेको छ । शनिबार काठमाडौंको भृकुटीमण्डपमा मेलाको आयोजना गरेको हो । 

नेपाली टिपिकल खाना र संस्कृतिको प्रर्वधन गर्न मेलाको आयोजा गरिएको आईआईएमएस कलेजका सिइओ सविन्द्र महर्जनले जानकारी दिए । 

फेस्टिभलमा सातवटै प्रदेशकाखानाका परिकारलाई मेलामा सहभागी गराइएको थियो । सुदूरपश्चिमको दुप्का, डोटेली सेकुवा र मास पुरी, कर्णालीको मार्सी भात, हिमालको टि–मोम, तराईको घोंगी, पूर्वको एङुबेन, नेवारी खाना, एमरी लगायतका परिकार मेलामा राखिएको थियो । 

फेस्टिभलमा नेपाली संस्कृतिझल्काउने दुर्गा, कुमारी, घिमे, लाखे, मारुनी, कौडा, हुडकेलीनाच प्रस्तुतगरिएको सिइओ सविन्द्र महर्जनले जानकारी दिए । भिजिट नेपाल २०२० लाई प्रोमोट गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताइएकाे छ । कलेजले प्रत्येक वर्ष फेस्टिभको आयोजना गर्दै आएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =