अफगानिस्तानविरुद भारतको रोमान्चक जित, शामीले लिए ह्याट्रिक

एजेन्सी । मोहमद शामीले ह्याट्रिक लिएपछि एकदिवसीय विश्वकप अन्तर्गत शनिबार भारतले अफगानिस्तानलाई ११ रनले पराजित गरेको छ । अन्तिम ओभर बलिङ गरेका मोहमद शामीले १६ रन चाहिएको अवस्थामा मोहमद नाबीले पहिलो बलमा चौका प्रहार गरे । दोस्रो बल नाबीले डट खाए । त्यसलगत्तै अर्को बलमा नाबी लामो सट खेल्ने धुनमा क्याचआउट भए । त्यसपछि शामीले लगातार दुई योर्करमा अफताब आलम र मुजिब उर् रहमानलाई बोल्ड गरेपछि २ सय २५ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले ४९.५ ओभरमा अल आउट हुँदै २ सय १३ रनमा समेटियो ।
नाबीलाई हार्दिक पान्ड्याबाट ५२ रनमा क्याच आउट गराएपछि अफगानिस्तानको जित टाढिएको थियो । उत्कृष्ट प्रर्दशन गर्दै भारतलाई निरन्तर दबावमा राखेका नाबीले ५५ बलमा ४ चौका र १ छक्का प्रहार गरे । सुस्त सुरुवात गरेको अफगानिस्तानले ओपनर हज्रतुल्लाह जजाईलाई १० रनमा गुमाएको थियो । दोस्रो विकेटका लागि गुवदीन नाइब र रामत शाहले ४४ रनको साझेदारी गर्दै इनिङ उकासे । १७ औं ओभरको पाँचौ बलमा हार्दिक पान्ड्याले नाइबलाई २७ रनमा विजय शंकरबाट क्याच गराउँदै पेभिलिएन फर्काए । उनले ४२ बलमा २ चौका प्रहार गरे ।
null
२९ ओभरको चौथो बलमा जसप्रित बुमराहले शाहलाई युजवेन्द्र चाहलबाट क्याच गराउँदै ३६ रनमा आउट गरे । उनले ६३ बलमा ३ चौका प्रहार गरे । लगत्तै एकबलपछि बुमराहले हशमतुल्लाह साहिदीलाई आफैं क्याच लिदै २१ रनमा आउट भएपछि अफगानिस्तान दबाबमा परेको थियो । राशिद खानले १४ रनको योगदान दिए । भारतको जितमा नायक बनेका मोहम्मद सामीले ९।५ ओभरमा १ मेडन सहित ४० रन खर्चेर ४ विकेट लिए । त्यस्तै जसप्रित बुमराह, युजवेन्द्र चाहल र हार्दिक पान्ड्याले समान २ विकेट लिए ।
त्यसअघि साउथह्याप्टनमा टस जितेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय २४ रनमात्रै बनाएको थियो । भारतका लागि कप्तान विराट कोहलीले सर्वाधिक ६७ रनको योगदान दिए । ३१ ओभरको तेस्रो बलमा मोहम्मद नाबीले रमात शाहबाट क्याच आउट गराउनु अघि विराटले ६३ बलमा ५ चौका प्रहार गरे । भारतले ओपनर रोहित शर्मालाई १ रनमा गुमाएको थियो । उनलाई मुजिब उर रहमानले एलवी डब्लू आउट गरे ।
मोहम्मद नाबीले १५ ओभरको दोस्रो बलमा हज्रतुल्लाह जजाईबाट क्याच आउट गराउँदै अर्का ओपनर के एल राहुललाई ३० रनमा पेभिलिएन फर्काए । विजय शंकरलाई रहमात शाहले २९ रनमा एलवी डब्लू गरे । त्यस्तै विकेटकीपर महेन्द्रसिंह धोनीले ५२ बलमा ३ चौका सहित २८ रनमात्रै जोड्न सके । केदार जाधवले ६८ बलमा ३ चौका र १ छक्का सहित ५२ रनमा क्याच आउट भए । हार्दिक पान्ड्या ७ रनमा क्याच आउट भए । अफगानिस्तानका लागि मोहम्मद नाबी र कप्तान गुलवदीन नाइबले समान २ विकेट हात पारे । राशिद खान, रमात शाह, मुजिव उर रहमान, अफ्तव आलमको नाममा समान १ विकेट रह्यो ।








