मेयर कप फुटबलमा दुहवी ७ उपाधि नजिक

मंसिर १०, दुहबी । सुनसरीको दुहवीमा जारी प्रथम मेयर कप फुटबल प्रतियोगिताको आइतबार भएको दोश्रो सेमीफाइनल खेलमा दुहवी वडा नम्वर ७ ले दुहवी–८ लाई २–१ गोल अन्तरले पाखा लगाउँदै फाइनलमा प्रवेश गरेको छ । 

खेलको मध्यान्तर अघिको ९ औं मिनेटमा दुहवी वडा नम्वर ७ का पारस चौधरीले १ गोल गर्दै १–० ले अग्रता दिलाएका थिए ।  

 

null

यसैगरि मध्यान्तर अघिको १६ औं मिनेटमा दुहवी डा नवम्वर ७ का दिलीप चौधरीले १ गोल गर्दै आफ्नो टिमलाइ उपाधि नजिक फाइनलमा प्रवेश गराएको हो । मध्यान्तर पछि दुहवी वडा नम्वर ८ का सन्तोष कुमार चौधरीले १ गोल गरेका थिए । 

 

खेलको उत्कृष्ट खेलाडी दुहवी वडा नम्वर ७ का धन कुमार खाँ थारुलाई प्रमुख अतिथि दुहवी नगरपालिकाका उपमेयर सुनिता दाहाल (साह) ले १ हजार नगदसहित मेडल प्रदान गरेकी थिइन् । 

बुधबार हुने फाइनल खेल दुहवी वडा नम्वर ७ र दुहवी वडा नम्वर १० बीच हुनेछ । मेयर कप फुटबल प्रतियोगितामा विजेता टिमले नगद ५१ हजार नगद, कप तथा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले २५ हजार तथा कप, मेडल प्रमाणपत्र प्राप्त गर्नेछन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *