इंग्लिस प्रिमियर लिगः लिभरपुलको लगातार दोस्रो जित, साउथ ह्याम्पटनलाई २-१ ले पराजित
२०७६ भदौ १ गते

भदौ १, एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले साउथ ह्याम्पटनलाई २–१ गोल अन्तरले पराजित गर्दै दोस्रो जित हात पारेको छ ।
शनिबार राति भएको खेलमा साडियो माने र रोवर्टो फिरमिनोले एक–एक गोल गरेर लिभरपुललाई दास्रो जित दिलाउन सफल भएको हुन् । लिभरपुलकातर्फबाट पहिलो हाफमा थप गरिएको पहिलो मिनेटमा मानेले १ गोल गरेभने ७१ औं मिनेटमा फिरमिनोले अर्को गोल गरे ।
त्यतिन्जेलसम्म साउथ ह्याम्पटनले कुनै पनि गोल गर्न सकेको थिएन । खेलको ८३ औं मिनेटमा भने डेनियल विलियम जोनले साउथ ह्याम्पटनका लागि गोल गरे । १ गोलभन्दा अर्को गोल जोड्न नसकेपछि साउथ ह्याम्पटनको लगातार दोस्रो हार बेहोर्यो ।
null
जितसँगै लिभरपुलको तालिकामा ६ अंक भएको छ ।
२०७६ भदौ १ गते
प्रतिक्रिया
सम्बन्धित








