इंग्लिस प्रिमियर लिगः लिभरपुलको लगातार दोस्रो जित, साउथ ह्याम्पटनलाई २-१ ले पराजित

भदौ १, एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले साउथ ह्याम्पटनलाई २–१ गोल अन्तरले पराजित गर्दै  दोस्रो जित हात पारेको छ ।   

शनिबार राति भएको खेलमा साडियो माने र रोवर्टो फिरमिनोले एक–एक गोल गरेर लिभरपुललाई दास्रो जित दिलाउन सफल भएको हुन् ।  लिभरपुलकातर्फबाट पहिलो हाफमा थप गरिएको पहिलो मिनेटमा मानेले १ गोल गरेभने ७१ औं मिनेटमा फिरमिनोले अर्को गोल गरे । 

त्यतिन्जेलसम्म साउथ ह्याम्पटनले कुनै पनि गोल गर्न सकेको थिएन ।  खेलको ८३ औं मिनेटमा भने डेनियल विलियम जोनले साउथ ह्याम्पटनका लागि गोल गरे । १ गोलभन्दा अर्को गोल जोड्न नसकेपछि साउथ ह्याम्पटनको लगातार दोस्रो हार बेहोर्यो ।   

null

जितसँगै लिभरपुलको तालिकामा ६ अंक भएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 8 =