खेलाडीलाई प्रदेश सरकारद्धारा सम्मान

विराटनगर, ८ साउन । आठौं राष्ट्रिय खेलकूद प्रतियोगिता, पाँचौ साफ महिला च्याम्पियनशिप फूटबल प्रतियोगिता र अन्तरप्रदेशीय मुख्यमन्त्री खेलकूद प्रतियोगितामा पदक प्राप्त गर्नै खेलाडीहरुलाई नगदसहित सम्मान गरिएको छ । 

प्रदेश नम्बर १ सामाजिक विकास मन्त्रालयद्वारा आज विराटनगरमा आयोजित कार्यक्रममा साफ महिला फूलबल प्रतियोगिताको उपबिजेता टोलीका प्रत्येक खेलाडी प्रशिक्षक, व्यवस्थापकलाई नगद एक लाख तथा अन्य खेलकुद प्रतियोगिताका खेलाडीहरुलाई नगद पुरस्कारसहित सम्मान गरिएको हो । 

प्रदेश सरकारले २ सय ६७ जनालाई नगद ३८ लाख ५० हजार पुरस्कार स्वरुप वितरण गरेको छ । पुरस्कार वितरण गर्दै प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशलाई फूटवलको राजधानीको रुपमा विकास गर्न उच्च प्राथमिकतामा राखेको बताए । 

null

उनले सबै खेललाई प्रोत्साहन र प्राथमिकता दिएको बताउदै खेलकुदको माध्यमवाट मुलुकको बिकास र समृद्धिमा टेवा पु¥याउन प्रदेश सरकारले विगतदेखि नै खेलाडीलाई प्रोत्साहन गर्दै आइरहेको बताए । 

त्यस्तै सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेश सरकारले खेलकुदको व्यवस्थित विकासका लागि प्रदेश खेलकुद ऐन तयार गरेको जानकारी दिदै यस क्षेत्रको विकासका लागि यस वर्ष ४८ करोड बजेट छुट्याएको बताए । 

अखिल नेपाल फुटवल संघ एन्फाका केन्द्रीय अध्यक्ष कर्माछिरिङ शेर्पा, साफ महिला फुटवल प्रशिक्षक हरि खड्का र खेलाडी निरु थापाले प्रदेश नम्बर १ खेलकुदको उर्वर भूमि रहेको बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 1 =