एनसेलद्वारा बाँकी रहेको पुँजीगत लाभकर चुक्ता

चैत्र ३०, काठमाडौं। एनसेलले नेपाल सरकारलाई तिर्नपर्ने पूँजीगत लाभकर मध्येको बाँकी सबै रकम आज तिरेको छ। ठूला करदाता कार्यालयका अनुसार एनसेलले आज बाँकी रहेको १४ अर्ब ३३ करोड रुपैयाँ कर भुक्तानी गरेको हो।   

‘हामी अहिले पनि बैंकमै छौँ, भुक्तानीको काम हुँदैछ, एनसेलले १४ अर्ब ३३ करोड बुझाएको छ’ ठूला करदाता कार्यालयका प्रमुख कर प्रशासक झलकराम अधिकारीले भने। एनसेलले यसअघि पहिलो र दोस्रो किस्तामा गरेर नौ अर्ब १० करोड रूपैयाँ तिरेको थियो।   

अदालतको आदेशअनुसार बाँकी रहेको लाभकर बापतको सबै २३ अर्ब ४३ करोड रुपैयाँ भुक्तानी भएको छ। यसमा ब्याज पनि जोडिएको छ। योसँगै टेलियासोनेराबाट अजियटामा स्वामित्व हस्तान्तरण हुँदा सिर्जना भएको पुँजीगत लाभकरसम्वन्धी विवाद अन्त्य भएको छ। 

एनसेलको स्वामित्व १२औं पटक खरिद बिक्री हुँदाको पूँजीगत लाभकर तिर्न एनसेलले आलटाल गरेपछि उक्त विषय अदालतमा पुगेको थियो। गत भदौमा सर्वोच्च अदालतले १८ अर्ब रूपैयाँ छुट दिँदै पूँजीगत लाभकर एनसेलले नै तिर्नुपर्ने फैसला गरेपछि ठूला करदाता कार्यालयले गत मंसिरमा कर निर्धारण गरेर ताकेता थालेको थियो। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *