जनतालाई आश्वासन हाेइन काम गरेर देखाउने छु : भगवती चाैधरी

कार्तिक २१, सुनसरी । सुनसरी निर्वाचन क्षेत्र नं. ३ मा चुनावी अभियानको क्रममा बाम गठबन्धनले गरेको कार्यक्रममा वर्जु गाँउपालिकाको अमडुवा (हर्वोनी) मा विभिन्न पार्टी परित्याग गरी ५०० जना नेता कार्यकर्ताहरूले नेकपा एमालेमा प्रवेश गरेका छन् । पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी आएका नेता कार्यकर्तालाई फूलमाला तथा अबिर लगाई नेकपा एमालेका केन्द्रीय सचिव भीम आचार्य र आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि वाम गठबन्धनका तर्फबाट उम्मेदावरी दिएकी भगवती चौधरीले स्वागत गरेकी थिइन् ।

कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै चौधरीले जनताको एक एक मतको सदुयोग गर्ने र जनतालाई आश्वासन हाेइन काम गरेर देखाई दिने बाचा समेत व्यक्त गरिन् । सामाजिक सुरक्षा भत्ता २ हजारबाट ५ हजार बढाउने, गरिबीको रेखामुनि रहेकाहरुलाई विशेष कार्यक्रम मार्फत अत्पकालिन र दीर्घकालीन कार्यक्रम सञ्चालन गर्ने, महिला, दलित, जनजाति, मधेसीको अधिकार एवम् रक्षाका लागि काम गरिरहेको बताइन ।

क्षेत्र नं. ३ मा रहेको सार्वजनिक सम्पतिहरुको संरक्षण गरी देशको आयआर्जनका लागि विशेष प्याकेज बनाउने, पर्यटकीय क्षेत्रहरुको विकास विस्तार गरी आन्तरिक र बाह्य पर्यटक भित्राउन त्यसका लागि चिमडीको वर्जु ताल, औरावनीको गढदेव बुद्ध लगायतको स्थानहरूको पहिचान गरी सकिएको दाबी गरिन । चौधरीले भनिन्, कृषि क्षेत्रलाई व्यवसायिकीकरण गरी किसानहरूलाई प्रोत्साहित गर्ने, महगो शिक्षालाई सर्वशुलभ बनाउनका लागि शिक्षा नीति तयार गर्ने र प्राविधिक शिक्षालाई सबैकाे पहुँचमा पुर्‍याउने र हरेक गाँउमा डाक्टर इन्जिनियर पुर्याइने छ ।

सोही प्रसँगमा बोल्नु हुँदै चौधरीले महिला नेतृत्व विकासका लागि आफू निरन्तर लागि रहेको र आउँदा दिनमा यसलाई राज्यका नितिगत व्यवस्था गर्ने, गाउँ गाँउका कच्चीबाटोलाई ग्राभेल बनाउने र ग्राभेल भएको बाटोलाई कालोपत्रे गर्ने तथा क्षेत्र नं. ३ मा रीङ्ग रोड निर्माण गर्ने समेत प्रतिबद्धता जनाइन ।

कार्यक्रमा नेकपा एमालेका केन्द्रीय सचिव भीम आचार्यकाे पनि उपस्थिति रहेकाे थियाे । उनले भने, भगवती चौधरी देश र जनताको गहना हो, देश र जनताको सेवाका लागि र देश विकासका लागि अहोरात्र काम गरी रहनु भएको छ । क्षेत्र नं. ३ सुनसरीका जनताले अत्याधिक मनपराएकाले उनको जीत सुनिश्ति भई सकेको छ । हाम्रो पार्टी एमालेबाट समेट उनको उच्च मुल्याङकन गरिरहेकोले यस पटक आफ्नो मत खेर नफाली सूर्य चिन्हमा मतदान गरी अत्याधिक मतले विजय गराउन अनुरोध गरे ।

कार्यक्रममा माओवादीका नेता संतोष थारु, नयाँ शक्तिका शम्भु चौधरीले भगवतीको हरेक कदममा हाम्रो साथ र सहयोग रहने बाँचा गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 9 =