अवैध सुनसहित भारतीय नागरिक पक्राउ

माघ २१, मोरङ । मोरङमा प्रहरीले अवैध सुनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।   

नेपालबाट नेपालबाट भारत जाँदै गरेको अवस्थामा अबैध सुन सहित भारतको बिहार राज्यस्थित कटिहारका ६२ वर्षीय चन्दन भौमिकलाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको हो ।   

प्रहरीका अनुसार उनलाई   ९२.५२० ग्रामको २ वटा सुनको चुरा सहित  विराटनगरको रानी भन्सार गेटबाट  पक्राउ गरिएको हो । 

भन्सार छली गरेका चन्दनमाथि कारवाहीको लागि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *