कम्युनिष्टहरु हावा कुरा मात्र गर्छन्, काम गर्दैनन्–देउवा

 

माघ ७, काठमाडौँ । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारविरुद्ध आन्दोलनमा उत्रने बताएका छन् । 

वर्तमान सरकार देशमा हत्या हिंसाका घटनामा वृद्धि हुँदा समेत मुकदर्शक बनेको आरोप लगाउँदै सभापति देउवाले सरकारविरुद्ध आन्दोलनमा उत्रिने बताएका हुन् । 

null

नेपाल प्रेस युनियन जिल्ला शाखा लमजुङको छैटौँ जिल्ला अधिवेशनमा बोल्दै सभापति देउवाले भने, ‘ओली सरकार आएपछि कञ्चनपुरमा निर्मला पन्तको हत्या भयो । सरकारले निर्मला पन्तको हत्यारालाई बचाउन घटनामा भेटिएका सबै प्रमाण नष्ट गरेको छ । हत्या हिंसा बलत्कारका घटना बढिरहेका छन् । सरकारले शान्ति सुरक्षा दिन सकिरहेको छैन ।’ 

सभापति देउवाले सरकारले प्रेसदेखि अदालतसम्म हस्तक्षेप गरी हत्यारालाई उन्मुक्ति दिन लागिपरेको आरोप लगाए । 

कार्यक्रममा उनले वर्तमान सरकारले हावादारी गफ लगाउँदै हिँड्ने गरेको पनि आरोप लगाए । ‘सरकारले विकास निर्माणका क्षेत्रमा केही काम गर्न सकेको छैन । नब्बे प्रतिशत राष्ट्रिय योजना काङ्ग्रेस सरकारकै पालामा सुरु भएको हो । कम्युनिष्टहरू हावादारी कुरा मात्र गर्छन्, काम केही गर्दैनन्,’ देउवाले भने । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + five =