प्रदेश ३ का मन्त्रीले गरे हेटौँडा अस्पतालको निरीक्षण

भाद्र १९,  हेटौंडा ।  प्रदेश नं. ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले हेटौँडा अस्पतालको आज स्थलगत अवलोकन तथा निरीक्षण गरेका छन् । 

सो अवसरमा उनले अस्पतालले प्रदान गरेको स्वास्थ्य सेवाको अवस्था र भोग्नुपरेको समस्याका वारेमा बिरामीसँग जानकारी लिएका थिए ।   

मन्त्री दुलालले हेटौँडा अस्पताल अहिले प्रविधियुक्त भएको र प्रविधिका कारणले बिरामीको ल्याब रिपोर्ट आफ्नै मोबाइलमा आउनेदेखि सरल र छरितो स्वास्थ्य उपचारसेवा प्रदान गरेको पाएको बताए ।   

Image result for प्रदेश नं. ३ का सामाजिक विकास मंत्री युवराज दुलाल

‘कम्प्युटर प्रणालीबाट टिकट काट्ने, बिरामीको ल्याबको रिपोर्ट बिरामीकै इमलेमा आउने जस्ता सहजताले अस्पतालमा सुधार हुँदै गएको देखिन्छ’, उनले भने, ‘अहिले हरेक श्ययामा अक्सिजनको पाइप पुगेकाले उपचारमा थप सहजता भएको छ ।’   

मन्त्री दुलालले अस्पतालले सरसफाइमा अझै ध्यान दिनुपर्ने बताए । उनले अस्पतालको आकस्मिक कक्ष, ओपिडी सेवा, शल्यक्रिया कक्ष आदिको निरीक्षण गर्नुभएको अस्पतालका अध्यक्ष प्रकाश पौडेलले बताए ।   

डेङ्गु तथा भाइरल ज्वरोका बिरामीको चाप अस्पतालमा अत्यधिक बढेपछि सेवा प्रवाहमा समस्या भइरहेको गुनासो बिरामी तथा कुरुवाबाट आएपछि मन्त्री दुलालले अस्पतालको निरीक्षण गरेका हुन् ।    हेटौँडा अस्पतालमा हाल आकस्मिक कक्षमा प्रतिश्यया दुई जनाका दरले बिरामीलाई राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ । रासस   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 12 =