नेपालले आज युएईसँग प्रतिस्पर्धा गर्दै
२०७४ जेठ १५ गते

“
काठमाडौं, कात्तिक १८ । कीर्गिस्तानमा जारी एएफसी अन्डर नाइन्टिन छनोट च्याम्पियनसिप फुटबलको तेस्रो खेलमा नेपालले आज युएईसँग प्रतिस्पर्धा गर्दैछ । समूह ए मा रहेको नेपाल यसअघि खेलेका दुवै खेलमा पराजय बहोर्दै फाइनल चरण प्रवेश गर्ने सम्भावनाबाट बाहिरिएको छ । तर, आजको खेलमा प्रतिष्ठाका लागि पनि नेपाललाई जित्नै पर्ने दबाब छ ।
नेपालले बलियो प्रतिद्वन्द्वी युएईलाई रोक्न सक्यो भने ठूलै सफलता हुनेछ । खेल आज साँझ पौने ५ बजे सुरु हुनेछ । नेपालले यसअघि कीर्गिस्तानसँग २–० को तथा बहराइनसँग ४–० को हार बेहोरेको थियो । समूहको अन्तिम खेलमा नेपालले बुधबार ओमानसँग खेल्नेछ । समूहको शीर्ष स्थानमा रहने टोली तथा उपविजेतामध्येका उत्कृष्ट पाँच टिमले फाइनल चरणमा प्रवेश पाउने छन् ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








