सडक दुर्घटना हुने कारण परिवर्तन: यसकारण हुन्छ हिजो-आज दुर्घटना

काठमाडौं, कात्तिक ११ ।  पहिला मदिरा र सडकको अवस्थाका कारण बढी दुर्घटना हुने उपत्यकामा पछिल्लो समयमा दुर्घटनाको कारणमा परिवर्तन देखिएको छ । पछिल्लो समय तनाव, उच्च रक्तचाप, कानमा राखेको मोबाइल डिभाइस, छारे रोग र अनुभव नभएका चालकका कारण दुर्घटना बढी हुने गरेको छ ।

यो कुरामा न प्रहरीलाई हेक्का छ न चालकलाई नै । मस्तसँग हाँकिरहेको सवारीसाधन बिनाकारण ठोक्किनपुग्छ । सडकमा उभिएका ट्रफिक प्रहरीले कारण केलाउँदा यिनैमध्ये कुनै देखिन्छ ।

ललितपुर ट्राफिक परिसरका प्रहरी निरीक्षक सीताराम हाछेतुले भने,

-बाटो, गाडी सबै ठिक हुन्छन, त्यस्तो बेल सडक छेउको बिजुलीको खम्बामा ठोक्किएका हुन्छन् ।

उपत्यका ट्रफिक कार्यालय महाशाखाका प्रमुख डिआइजी सर्वेन्द्र खनालले भने,

-देखिने खास कारणबिनै दुर्घटना भएका हुन्छन् ।

-सोध्दा एक्कासी अँध्यारो देखें भन्छन् ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =