पुडासैनी मृत्यु प्रकरणले लियो एकको ज्यान

भाद्र १०, काठमाडौँ । साउन २० गते चितवनको एक होटमा मृत अवस्थामा भेटिएका  नुवाकोट पत्रकार स्व.शालिकराम पुडासैनीको मृत्यु प्रकरणको कारण एक जनाको ज्यान गएको छ ।   

राजधानीको टोखामा पुडासैनीले प्रेमिकासँग भेट्न छुट्टै कोठा भाडामा लिएका थिए । सोही घरका ९० वर्षिय तारानाथ देबकोटाको सोमबार साँझ हृदयघातका  कारण मृत्यु भएको हो ।   

९० वर्ष सम्म पनि स्वास्थ्य रहेका  देवकोटा छोरी गोमा न्यौपानेको घरमा बस्दै आईरहेका थिए ।  पुडासैनी मृत्यु प्रकरणमा  प्रहरी लगातार घरमा खानतलासीको लागि  आउन थालेपछी  देवकोटा निकै तनावमा थिए, सोही तनावको कारण उनको  हृदयघात भई मृत्यु भएको उनको परिवारले जनाएकाे छ ।   

  

  

  

  

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *