सांसद रौनियारको निलम्बन फुकुवा गर्न सभामुखलाई फोरमको ज्ञापनपत्र

माघ २३, काठमाडौँ । भ्रष्टाचारको आरोपमा निलम्बनमा परेका रौनियारलाई फुकुवा गर्न माग गर्दै संघीय समाजवादी फोरम नेपालले सभामुख कृष्णबहादुर महरालाई ज्ञापनपत्र बुझाएको छ । 

उपेन्द्र यादव नेतृत्वको फोरम नेपालले पार्टीका पर्सा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभाका सांसद रौनियारलाई संविधान र प्रतिनिधिसभा नियमावली विपरीत निलम्बन गरेको निष्कर्ष निकाल्दै तत्काल निलम्बन फुकुवा गर्न सभामुख महराको कार्यालयमा ज्ञापनपत्र बुझाएको हो । 

सांसद रौनियार प्रमुख रहेको पप्पु कन्सट्रक्सन प्रालि कालोसूचीमा परेपछि संघीय संसद सचिवालयले सांसद रौनियारलाई निलम्बन गरेको थियो। 

null

सो निलम्बन संविधान र प्रतिनिधिसभा नियमवली विपरीत रहेकाले सांसद रौनियारको निलम्बन तत्काल फुकुवा गरी संसदीय गतिविधिमा सहभागी गराउन माग गर्दै सभामुख महरालाई ज्ञापन पत्र बुझाइएको फोरम नेपालका महासचिव रामसहाय प्रसाद यादवले जानकारी दिए । 

यसअघि, फोरम नेपालका अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादवको नेतृत्वमा गएका टोलीले पुस २१ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई विभिन्न माग राखि ११ बुँदे ज्ञापनपत्र बुझाएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =