समयमै फोहोर नउठ्दा सुनसरीको धरान दुर्गन्धित बन्दै
२०७४ जेठ १५ गते

“
भरतराज शर्मा, धरान । धरान उपमहानगरपालिकाको फोहोर समयमै उठ्न सकेकौ छैन । कर्मचारीहरूको लापरवाहीका कारण समयमै फोहोर उठ्न नसकेकोे हो । कर्मचारीले धरान उपमहानगरपालिकामा जनप्रतिनिधिलाई बिहान ५ बजेअघि नै फोहोर उठ्छ भनेर ढाट्ने समेत गरेको श्रोतबाट बुझिएको छ । ७ बजेसम्म पनि फोहोर नउठ्दा सहर दुर्गन्धित मात्रै होइन स्वरूप नै बिग्रदै गएको धरान–१२ का सिमरन शाक्य बताए ।
‘फोहोरको दुर्गन्धित बन्दै गएको सहरलाई जोगाउनु सबैको दायित्व हो ।’ उनले भने । धरानकी उपमेयर मञ्जु भण्डारीले समयमै फोहोर उठाउन निर्देशन दिएपनि काम नहुँदा आफूहरूले पनि हैरानी व्यहोर्दै आएको बताउँछिन् । धरानले सफा, स्वच्छ सहर भन्दै धेरैपटक पुरस्कारसमेत पाएको थियो ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








