उम्मेदवारले मतपत्र चपाएपछि…
२०७४ जेठ १५ गते

“
असोज २३, मकालु खबर । धनुषा स्थित नगराईन नगर कार्यपालिका सदस्यको निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार सुर्यनारायण साहले एक मतले हार्ने सम्भावना देखेपछि एउटा मतपत्र चपाउने प्रयास गरेका छन् ।
आइतबार मतदान सम्पन्न भएलगत्तै सुरु भएको मतगणना बदर भनिएको केही मतपत्रबारे पुनर्विचार गर्ने क्रममा एमालेका उम्मेदवारले एक मतको अन्तरले जित्ने देखिएपछि साहले एउटा मतपत्र निलेको आरोप एमालेको छ ।
प्रहरीले भने काँग्रेस उम्मेदवार साहले मतपत्र मुखमा हालेर चपाउनै लाग्दा सुरक्षाकर्मीले निकालेको दाबी गरेको छ ।, यो खबर आजको नागरिक दैनिकमा छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








