नेपालले चाहेमा हावाहुरी पीडितलाई सहयोग गर्न तयार छौँः भारत

 

चैत २०, काठमाडौँ । छिमेकी राष्ट्र भारतले नेपालले चाहेमा हावाहुरी पीडितलाई सहयोग गर्न तयार भएको बताएको छ । 

तराई जिल्ला बारा र पर्सामा हावाहुरीका कारण ज्यान गुमाएकामा दुःख व्यक्त गर्दै नेपालले चाहेमा भारत सरकार सहयोग गर्न तयार भएको भारतीय विदेश मन्त्रालयका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

null

आइतबार साँझ (चैत १७ गते) बारा र पर्सामा आएको हावाहुरीमा परी २८ जनाको ज्यान गएको थियो भने करिब ६ सय घाइते भएका थिए । 

हावाहुरीका कारण त्यहाँको स्थिति दयनीय छ । कति बालबच्चा टुहुरा भएका छन् भने कतिको परिवार गुमेको छ । सरकारले राहत र उद्धार कार्य जारी राखेको छ । मन्त्री, नेता, सर्वसाधारण लगायत विभिन्न संघसंस्थाले पनि सहयोग गरिरहेका छन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =