घोडे जात्रा पनि स्थगित
मकालु खबर
२०७६ चैत ११ गते
फाइल तस्विर
चैत्र ११, काठमाडौं । यस वर्षको घोडे जात्रा स्थगित भएको छ । कोरोना संक्रमणको जोखिमलाई मध्येनजर गर्दै प्रत्येक वर्ष टुँडिखेलस्थित सैनिक मञ्चमा मनाइने घोडेजात्रा नेपाली सेनाले यो वर्ष स्थगित गरेको हो ।
नेपाली सेनाले परम्परालाई कायम राख्ने उद्देश्यका साथ आन्तरिक रुपमा सिमित व्यक्तिहरुको उपस्थितीमा आयोजना गर्ने योजना गरिएता पनि कोरोनाका कारण नेपाल सरकारद्वारा यसको निर्मूलका लागि लिइएको निर्णय बमोजिम समारोह स्थगित गरिएको नेपाली सेनाको मुख्यालयले जनाएको छ ।
मकालु खबर
२०७६ चैत ११ गते
प्रतिक्रिया
सम्बन्धित