कांग्रेसकाे गण मानिने जनकपुरमा राजपा ७ हजार मतले अघि
२०७४ जेठ १५ गते

“
असाेज ६, धनुषा । प्रस्तावित प्रदेश नं २ को राजधानी जनकपुर उपमहानगरको स्थानीय तह चुनावी मतपरिणाम रोचक हुँदै गएको छ । काँग्रेसको पकड रहेको भनिएको जनकपुर उपमहानगरको मेयर र उपमेयरमा राजपाका उम्मेदवारले सुरुबाटै अग्रता कायम गरेका छन् ।
मेयरमा राजपाका उम्मेदवारले नौ हजार २ सय १९ मत ल्याउँदा निकटतम प्रतिद्धन्द्धी काँग्रेसले दुइहजार नौ सय ९९ मत प्राप्त गरेका छन् । त्यस्तै, उपमेयरमा पनि राजपा नै अगाडी छ । जनकपुर उपमहानगरमा एमालेले शुक्रवार बिहानसम्म हजार मत कटाउन सकेको छैन ।
राजपा
मेयर–९२१९
उपमेयर– ६५२७
नेपाली काङ्ग्रेस
मेयर–२९९९
उपमेयर–२७१७
एमाले
मेयर–९२७
उपमेयर–९१७
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








