काठमाडौँको बुढानिलकण्ठबाट ४ लाख नगदसहित ११ जना जुवाडे पक्राउ

असोज २७, काठमाडौँ । काठमाडौँको बुढानिलकण्ठबाट कौडा खेलिरहेका ११ जना पक्राउ परेका छन् । बुढानिलकण्ठस्थित भसन्थलीबाट आइतबार राति करिब १० बजेतिर प्रहरीले ४ लाख नगदसहित ११ जना जुवाडेलाई पक्राउ गरेको हो ।   

महानगरीय प्रहरी प्रभाग, बुढानिलण्ठका प्रहरी निरीक्षक भूपेन्द्र गिरीको नेतृत्वमा गएको टोलीले उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुको नाम भने खुलाइएको छैन । प्रहरीका अनुसार उनीहरुमाथि थप अनुसन्धान भइरहको छ ।   

श्रोतका अनुसार अहिले मुचुल्का उठाउने काम भइरहेको छ ।  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − fourteen =