प्रिमियर लिग: लुकासको ह्याट्रिकमा टोटनह्यामको शानदार जित

एजेन्सी । टोटनह्यामले रेलिगेशनमा परेको हडर्ल्सफिल्ड टाउनमाथि ४–० को फराकिलो जित दर्ता गरेको छ । लुकास माउराको ह्याट्रिकमा शनिबार इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गतको खेलमा टोटनह्यामले शानदार जित दर्ता गरेको हो । 

 

टोटनह्यामका लागि पहिलो गोल २४ औँ मिनेटमा भिक्टर वानयामाले गरेका थिए । सो अग्रतालाई २७ औँ मिनेटमा लुकासले दोब्बर पारे । पहिलो हाफ २(० मा सकिएको खेलमा बाँकी गोल लुकासले दोश्रो हाफमा गरेका थिए । उनले खेलको ८७ औं मिनेटमा आफ्नो व्यक्तिगत दोश्रो गोल गरेका थिए भने अतिरिक्त समयको तेश्रो मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरेका थिए । 

null

 

जितपछि अंकतालिकामा टोटनह्यामको ३३ खेलबाट ६७ अंक भएको छ । ऊ तेश्रो स्थानमा पुगेको छ । उसलाई ६६ अंकसहित चेल्सीले चौथो स्थानमा पछ्याइरहेको छ ।लिगमा ८२ अंक सहित लिभरपुल पहिलो स्थानमा रहेको छ भने ८० अंक सहित म्यानचेस्टर सिटी दोश्रो स्थानमा छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =