बझाङमा जीप दुर्घटना : एक जनाको मृत्यु, चालक फरार

बझाङ, १९ वैशाख । बझाङमा जीप दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । जिल्लाको थलारा गाउँपालिका वडा नं ६ स्थित गोमति खोलामा बुधकार राती करिब ९ बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा परेर थलारा गाउँपपालिका वडा नं ५ का उक्त जीपका सहचालक समेत रहेका १९ वर्षिया टिका भट्टराईको घटनास्थलमै मृत्यु भएको हो ।थलारा गाउपालिकाको भिडगाँउबाट विवाहको सामान लिएर फर्कने क्रममा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । भट्टराईसँगै जीपमा रहेका जिप चालक कमल साउँद भने फरार रहेका छन् । साउँद जिप मालिक पनी रहेको र उनको खोजी भई रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।पछिल्लो समय बझाङमा सवारी दुर्घटना हुने क्रम बढेको छ । यही वैशाख ९ गते मात्र बझाङका लागी धनगढीबाट छुटेको बस डडेल्धुराको साहुखर्कमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =