फिफा वरियतामा नेपाल यथावत्

काठमाडौँ, २२ चैत्र । फुटबलको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय फुटबल महासङ्घ फिफा वरियतामा नेपाल यथावत् रहन सफल भएको । फिफाले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल यथावत् १६१ औँ स्थानमा रहेको छ । अघिल्लो महीना पनि नेपाल १६१ औं स्थानमा थियो । 

 

दक्षिण एशियाली देशमा नेपाल तेस्रो स्थानमा छ । नेपालभन्दा माथि भारत १०१ औँ र माल्दिभ्स १५१ औँ स्थानमा छन् । नेपाल भन्दा तल रहेको भूटान १८६ औँ, बङ्गलादेश १८८ औँ, पाकिस्तान २०० र श्रीलङ्का २०२ स्थानमा छन् । 

null

विश्व वरियतामा बेल्जियम शीर्ष स्थानमा छ । फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, इङ्ल्याण्ड चौथो, क्रोएसिया पाँचौँ, उरुग्वे छैटौँ, पोर्चुगल सातौँ, स्विटजरल्याण्ड आठौँ, स्पेन नवौँ र डेनमार्क दर्शौँ स्थानमा रहन सफल भएका छ्न् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − four =