झापाको सैनिक युथ क्लब मुख्यमन्त्री कप प्रदेश लिग च्याम्पीयन

साउन १, सुनसरी । मुख्यमन्त्री कप प्रदेश लिगको फाइनलका खेलमा मोरङको बेलबारी फुटबल क्लबलाई २-१ गोल अन्तरले हराउँदै झापाको सैनिक युथ क्लब च्याम्पीयन बनेको छ । धरान रंगशालामा मंगलबार दिउँसो झापा र मोरङबीच भएको प्रतिष्पर्धात्मक खेलमा २ गोल गर्दै जीत हात पारेका हो । जसमा झापको तर्फबट रेजन माझी र कप्तान बिकेह सुब्बाले गोल गरेका थिए ।
त्यस्तै, मोरङको बेलबारी फुटबल क्लबको तर्फबाट एक सान्तवना गोल सौरभ कार्कीले फर्काएका थिए भने उनी नै सो खेलको म्यान अफ द म्याच समेत घोषीत हुँदै टर्फि संगै नगद १० हजार पाएका छन् । त्यस्तै खेलमा उत्कृष्ट गोलकिपर झापाका मनोज प्रधान घोषीत भए भने झापाकै बिमल प्रसाद राई उत्कृष्ट डिफेन्स, उत्कृष्ट फरवार्ड झापाकै बिकेश सुब्बा, उत्कृष्ट प्रशिक्षक झापाकै प्रबेश कटुवाल र उत्कृष्ट मिडफिल्डमा धरान फुटवल क्लबका उमेश राई घोषीत हुँदै टर्फिका साथै नगद २५/२५ हजार पाएका छन् ।
null
त्यसैगरी सोही प्रतियोगीतामा सर्वात्कृष्ट खेलाडीको पुरस्कार बेलबारी फुटवल क्लबका भुषण सुब्बाले पाएका छन् जसको राशी नगद १ लाख रहेको थियो । मुख्यमन्त्री कप प्रदेश लिगमा एक नं प्रदेशका १४ जिल्लाका जिल्ला च्याम्पियन क्लबको सहभागीता रहेको थियो । पहिलो चरणमा धरान, इलाम र उदयपुर गरी तीन क्षेत्र छुट्याएर प्रतियोगिता गराइएको थियो भने तीन क्षेत्रका उत्कृष्ट २ टिम गरी ६ टिमले फाइनल चरणमा प्रतिष्पर्धा गरेका थिए ।
फाइनल चरणमा सुनसरी, धनकुटा र मोरङलाई एक समुह र झापा, इलाम र खोटाङलाई अर्को समुह बनाएर लिग खेलाइएको थियो । पहिलो चरणमा ‘क’ तर्फको समुह विजेता झापाले खोटाङलाई ६–३ गोल अन्तरले र इलामलाई ३–१ गोल अन्तरले पराजित गरी फाइनल यात्रा तय गरेको थियो । भने, अर्को तर्फको समुह विजेता मोरङले धनकुटालाई ६–१ गोल अन्तर र सुनसरीलाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो ।
फाइनलको विजेता भएसंगै झापाको सैनिक क्लबले एक महिना क्लबमा राख्न मिल्ने गरी ४ केजी चाँदीको रनिङ ट्रफिका साथै ५ लाख नगद पुरस्कार प्राप्त गर्ने छ भने उपविजेताले ३ लाख नगद प्राप्त गरेको छ । त्यस्तै गरी फाइनल चरण खेल्ने ४ टिमलाई ७५ हजारका दरले सान्त्वना पुरस्कार समेत प्रदान गरिएको छ । यो विजयी संगै प्रतियोगिताको विजेताले अन्तर प्रदेश फुटबल प्रतियोगिता खेल्ने र अन्तर प्रदेशको उत्कृष्ट ४ टिमले राष्ट्रिय लिग समेत खेल्न पाउने अवसर समेत पाएको छ ।
धरान १६ स्थित प्रस्तावित रंगशालामा समापन खेलमा १ नं प्रदेशका मुख्यमन्त्री शेरधन राईले सम्बोधन गर्नुभएको थियो भने एक नं प्रदेशका समाजीक बिकास मन्त्री जीवन घिमिरे, एन्फाका उपाध्यक्ष कर्माछिरिङ लामा प्रदेशका सासंदहरु लगायतको उपस्थिीती रहेको थियो । साथै सोही कार्यक्रममा सुनसरी ईटहरीका बाल गायक तथा भारतीय जी टीभीको रियालीटी सो सारेगामाप मा तेश्रो हुन सफल प्रितम आचार्यलाई पनि नगद ५० हजारले सम्मान गरिएको थियो ।








