विहानै राजधानीकाे माइतीघर नजिकै देखियाे शंकास्पद बस्तु, बम डिस्पोजल टोली घटनास्थलमा
२०७६ साउन २२ गते

साउन २२, काठमाडौं । बुधबार विहानै राजधानीकाे माइतीघर नजिकै शंकास्पद बस्तु फेला परेको छ। सेन्ट जेभियर कजेल नजिकै बमजस्तै देखिने शंकास्पद बस्तु फेला परेको महानगरीय प्रहरी बृत सिंहदरबारका डिएसपी कौशल बुढाथोकीले बताए।
‘शंकास्पद बस्तुदेखिएपछि नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगी सकेको छ। डिएसपी बुढाथोकीले भने, बम नै हाे भन्ने पुष्टि भइसकेको छैन। सेनाको टोलीले डिस्पोज गरेपछि मात्रे थाहा हुनेछ।’ माइती घर नजिकै शंकास्पद बस्तु फेला परेपछि सो रुट भएर चल्ने यातायात प्रभावित भएको छ।
null
२०७६ साउन २२ गते
प्रतिक्रिया
सम्बन्धित








