‘सकस’को ट्रेलर सार्वजनिक यस्ताे बन्याे ट्रेलर

काठमाडौं, भदौ ३० । एनवी महर्जनले निर्देशन गरेको चलचित्र ‘सकस’को ट्रेलर सार्वजनिक भएको छ । बिहीवार राजधानीमा एक कार्यक्रमका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा प्रेम, रोमान्स, एक्सन, बदलाको कथा देखाइएको छ । रहरले होइन बाध्यताले डन बनेको कथामा चलचित्र घुमेको पाईन्छ ।

‘सकस’लाई निकै मिहिनेत गरेर निर्माण गरेका छौ भन्छन् एन बि महर्जन। उनले दर्जनौ चलचित्रमा द्धन्द्ध निर्देशक भएर काम गरेको अनुभवलाई ‘सकस’मा उतारेको बताए ।सुन्दर श्रेष्ठ, हेमराज बस्नेत र खगेन्द्र डागीको लगानीमा निर्माण भएको यो चलचित्र कात्तिक २४ गते प्रदर्शनमा आउने भएको छ ।
चलचित्रमा विल्सन विक्रम राई, सुष्मा कार्की, सुन्दर श्रेष्ठ, महिमा सिलवाल, प्रज्वल गिरी, सुनिल दत्त पाण्डे लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । मौनता श्रेष्ठको कथामा तयार भएको फिल्ममा हिमाल केसीको द्धन्द्ध, चेतन सापकोटाको संगीत, गौतम राज खड्काको सम्पादन, कृष्ण श्रेष्ठको छायाँकन रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 11 =