घरमाथि हवाईजहाज खस्दा ६ जनाको मृत्यु, एक घाइते

 

बैशाख ४, काठमाडौं । चिलीमा हवाईजहाज दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । 

चिलीस्थित आर्किपेलागोस कम्पनीको हवाईजहाज दुर्घटना हुँदा विमानमा सवार ६ जनाको मृत्यु भएको हो । 

null

आइल्यान्डर बीएन–२बी–२७ को हवाईजहाज दुर्घटना हुँदा एउटा घरमा समेत क्षति पुगेको छ । विमान उड्नासाथ घरमाथि खसेपछि घरभित्र रहेकी महिला घाइते भएकी अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । 

दुर्घटनाको कारण खुलेको छैन । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 2 =