झाडीमा फेला परेका नवजात शिशुको उद्धार
२०७५ मंसिर १९ गते

धनुषा । पोखरी किनारको झाडीमा फालिएको अवस्थामा फेला परेका नवजात शिशुको उद्धार गरिएको छ । जनकपुर उपमहानगरपालिका– ७ जानकी सरोवरको उत्तर किनारमा झाडीमा फालिएको अवस्थामा नवजात शिशु भेटिएको हो ।
झाडीमा फालिएको शिशुलाई स्थानीयले देखेपछि वडाध्यक्ष जानकीराम साहलाई खबर गरेका थिए । वडाध्यक्ष साहले प्रहरीको खबर गर्दै शिशुको उद्धार गरेका हुन्।
उनको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ । मुखभरी किरा परेको अवस्थामा भेटिएका शिशुको उपचार पछि अवस्था समान्य बन्दै गएको अस्पतालले जनाएको छ ।
null
शिशु कसले फाल्नेको भन्ने अनुसन्धान भैरहेको छ ।
२०७५ मंसिर १९ गते
प्रतिक्रिया
सम्बन्धित








