बाढीले रौतहटको जनजीवन प्रभावित (फोटो फिचर)

रौतहट, २७ असार । बिहीबारदेखिको अविरल वर्षापछि आएको बाढीले रौतहटको जनजीवन प्रभावित भएको छ । बाढीले पूर्व पश्चिम राजमार्ग अवरुद्ध बन्न पुगेको छ भने लाल बकैया नदीले बन्जरहाको बाँध कटान गर्दा आधा दर्जन बस्ती डुवानमा परेका छन् । 

अविरल वर्षापछि चन्द्रपुर लच्कामा आएको बाढी सडकमा पसेपछि पूर्व पश्चिम राजमार्ग अवरुद्ध बन्न पुगेको रौतहट प्रहरीले जनाएको छ । सडक अवरुद्ध भएसँगै दुवै तर्फका सवारी गन्तव्यमा जान नसकेर रोकिएका छन् । 

सडकमा देखिएको अवरोध हटाएर सञ्चालनमा ल्याउने प्रयासमा जुटिरहेको प्रहरीले जनाएको छ । तर, वर्षा जारी रहेकाले कठिनाइ भइरहेको छ । यसैबीच, लाल बकैया नदीले रौतहटको बन्जरहाको बाँधमा कटान गरेको छ । बाँधमा क्षति पुगेसँगै बन्जरहा, औरैया, बेलबिछ्वा, बडहरवाका बस्तीहरू डुवानमा परेका छन् । 

null

  

  

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =