‘भ्रष्टाचारले प्रधानमन्त्री, मन्त्रीहरु मोटाउँदै गए, जनतालाई दुःखै दुःख’

 

चैत १२, काठमाडौँ । नेपाली कांग्रेसकी नेतृ डा. डिला संग्रौलाले शान्ति, सुरक्षा कायम गर्न सरकार पूर्ण रुपमा असफल भएको दावी गरेकी छिन् । 

बुटवलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेतृ संग्रौलाले एउटी बालिका (निर्मला पन्त) को बलात्कार र विभत्सव हत्या भएको ८ महिना बितिसक्दा पनि अपराधी पत्ता लगाउन नसकेको भन्दै सरकार पूर्ण रुपमा असफल भएको दावी गरेकी हुन् । 

null

प्रधानमन्त्री ओली पनि भ्रष्ट्राचारी भएको आरोप लगाउँदै नेतृ संग्रौलाले भनिन्, ‘राष्ट्रिय सुरक्षा परिषदसम्बधी विधेयकमार्फत् सरकारले संविधान उल्लघंन गर्न खोज्नु र प्रधानमन्त्रीले ठूला परियोजना सञ्चालन गर्न खोज्नुमा भ्रष्टाचारको गन्ध मिसिएको छ । भ्रष्टाचारले प्रधानमन्त्री मन्त्रीहरु मोटाउँदै गए, जनतालाई भने दुःखै दुःख छ ।’ 

विप्लव नेकपालाई प्रतिबन्ध लगाएर सरकराले देशलाई मूठभेडतर्फ धकेल्न खोजेको उनको आरोप छ । सरकारले फागुन २७ गते विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − two =