काठमाडौँमा लागूऔषध सहित एक पक्राउ

माघ १, काठमाडौँ ।  बुधबार दिउँसो काठमाडौँमा प्रहरीले  प्रतिबन्धित लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ ।   

काठमाडौँको चन्द्रागिरी नगरपालिका २ नागढुंगामा  धादिङबाट काठमाडौं आउँदै गरेको बा.३ ख ३००७ नम्बरको बस चेकजाँच गर्ने क्रममा उनलाई प्रहरीले प्रतिबन्धित लागूऔषधसहित पक्राउ गरेको हो ।   

पक्राउ पर्नेमा धादिङ सेराङ गाउँपालिका १ बस्ने २१ वर्षीय देवराज लामा रहेको महानगरीय प्रहरी प्रभाग नागढुंगाले जनाएको छ  । प्रहरीका अनुसार  उनको साथबाट २ सय ५३ ग्राम गाँजा र अवैध लागूऔषध चरेश जस्तो देखिने वस्तु ९ सय ५० ग्राम फेला पारिएको छ ।   

Image result for पक्राउ

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 4 =