काठमाडौँमा लागूऔषध सहित एक पक्राउ
२०७६ माघ १ गते

माघ १, काठमाडौँ । बुधबार दिउँसो काठमाडौँमा प्रहरीले प्रतिबन्धित लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ ।
काठमाडौँको चन्द्रागिरी नगरपालिका २ नागढुंगामा धादिङबाट काठमाडौं आउँदै गरेको बा.३ ख ३००७ नम्बरको बस चेकजाँच गर्ने क्रममा उनलाई प्रहरीले प्रतिबन्धित लागूऔषधसहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धादिङ सेराङ गाउँपालिका १ बस्ने २१ वर्षीय देवराज लामा रहेको महानगरीय प्रहरी प्रभाग नागढुंगाले जनाएको छ । प्रहरीका अनुसार उनको साथबाट २ सय ५३ ग्राम गाँजा र अवैध लागूऔषध चरेश जस्तो देखिने वस्तु ९ सय ५० ग्राम फेला पारिएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
२०७६ माघ १ गते
प्रतिक्रिया
सम्बन्धित








