ट्रक दुर्घटनामा चालकको मृत्यु

पाल्पा, भदौ २४ । पाल्पामा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

तानसेन नगरपालिका–५ का धरमपानी भन्ने स्थानमा शनिबार दिउँसो करिब २ः३० बजेको समयमा ट्रक दुर्घटना हुँदा रिब्दिकोट गाउँपालिका–४ बस्ने चालक ३४ वर्षीय रमेश सुनारको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

बुटवलबाट गुल्मी तम्घासतर्फ जाँदै गरेको लु१ख ९१५६ नम्बरको मिनिट्रक तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + five =